Section 29
आयोगको काममा सहयोग
  (१) आयोगको परीक्षा सञ्चालन सम्बन्धी कामको लागि संवैधानिक निकाय, सरकारी निकाय वा शिक्षण संस्थाले आयोगको माग बमोजिम कर्मचारी, भवन वा कक्षा कोठा उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगको काममा संलग्न कर्मचारीको भत्ता, प्रयोग भएका भवन वा कक्षा कोठाको भाडा रकम आयोगले व्यहोर्ने छ ।